उदयपुर, जेठ ४ । त्रियुगा नगरपालिका–३ भुल्केको मुस्लिम समुदायमा देखिएको कोरोना भाइरस शुक्रबार त्रिनपा–११ गाईघाटका अन्य समुदायका २५ वर्षीय युवामा देखिएपछि सन्त्रास फैलिएको छ। शुक्रबार संक्रमण देखिएका युवा पत्रकार हुन्। यससँगै उदयपुरमा संक्रमितको संख्या ३३ पुगेको छ।
वैशाख ३१ गते जिल्लाका २६ जना सञ्चारकर्मीमा गरिएको स्वाब परीक्षणको जेठ ३ गते आएको रिपोर्टमा उनलाई पोजेटिभ देखिएको हो। बाँकी सबैको रिपोर्ट नेगेटिभ देखिएको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।