Logo

दोर्दीबासीलाई सहयोग



काठमाडौँ, ४ जेठ । लकडाउनका कारण समस्यामा परेका लमजुङस्थित दोर्दी गाउँपालिकाका बासिन्दालाई काठमाडौँमा राहत वितरण गरिएको छ ।

दोर्दीबाट काठमाडौँ आई बसेर दैनिक ज्याला मजदूरी गर्ने, अध्ययन गर्ने तथा अन्य पेशा व्यवसाय गरेका दोर्दीबासीलाई कोरोना हेल्प डेस्क दोर्दी–काठमाडौँ र अर्चलबोट काठमाडौँ एकता समाजको सहजीकरणमा खाद्य पदार्थ वितरण गरिएको हो । काठमाडौँका विभिन्न स्थानमा रहेका दुई सय दोर्दीबासीलाई प्रतिव्यक्ति एक बोरा जिरा मसिनो चामल, दुई किलो दाल, एक लिटर तेल, साबुन, नूनलगायत सामग्री वितरण गरिएको स्थानीयवासी शिव जोशीले जानकारी दिएका छन् ।

उनका अनुसार गाउँपालिकाको आर्थिक सहयोगमा काठमाडौँमा राहत वितरण गरिएको हो । दोर्दीबासी तथा लोकगायक निराजन कुँवर, सुवास शर्मालगायतले राहत वितरणमा सहयोग गरेको उनले जानकारी दिएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot