Logo

ओली–प्रचण्डको पुरानै बोली



काठमाडौं, जेठ ४ । सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गरिने बताएका छन् ।

अध्यक्षद्वयले सरकार गठनका दुई वर्ष र पार्टी एकतापछिका अवस्थाहरूको विश्लेषण गर्दै वर्तमान सरकारले राष्ट्रिय आकांक्षा पूरा गर्न अथक प्रयास गरेकोसमेत दाबी गरेका छन् ।

२७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वार्षिकोत्सवका सन्दर्भमा शनिवार संयुक्त वक्तव्य जारी गर्दै अध्यक्षद्वयले थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको उल्लेख गरेका थिए ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । मदन–आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक दुई वर्षअघि विसं २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टीको एकीकरण भएको थियो ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्