Logo

‘लकडाउन’बारे निणर्य गर्न मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं, जेठ ४ । जारी लकडाउन बारेमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ। सोमबार सकिनलागेको लकडाउनबारे निणर्य गर्न आइतबार साँझ बालुवाटारमा बैठक बस्न लागेको हो ।

त्यस्तै, लकडाउनको निरन्तरता र मोडालिटि परिवर्तनबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठकसमेत आजै दिउँसो दुई बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने निश्चित भएको छ ।

उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलले बोलाएको बैठकमाकोरोना संक्रमणको वर्तमान अवस्था, संभावित जोखिम र लकडाउनको आगामी स्वरुपबारे छलफल तथा समीक्षा हुने छ।



प्रतिक्रिया दिनुहोस्