Logo

तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह



प्युठान ४ जेठ – प्युठानका स्थानीय तहले भारत र तेस्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्न थालेका छन् । महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक, जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन गरेर स्थानीय तहले भारतसहित तेस्रो मुलुकमा भएका नागरिकको तथ्याङ्क संकलन गरेका हुन् ।

सम्पर्कमा आएमा गाउँपालिकाले नै ल्याउने माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिनुभयो । हालसम्म विश्वका करीब ३६ देशमा करीब ३८ हजार प्युठानी रहेको स्थानीय तहले संकलन गरेको तथ्याङ्कले देखाएको छ ।

प्युठानबाट भारतसंँगै युएई, कतार, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया, अष्ट्रेलिया, जापान, अफगानिस्तान, क्यानडा, नर्वे, बेलायत, पोर्तुगल, डेनमार्क, साइप्रस, इराकलगायत तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको पाइएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्