Logo

को हुन् नयाँ थपिएका १० कोरोना भाइरसका संक्रमित (सुचीसहित)



काठमाडौं, ४ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या २९१ पुगेको छ । आज विहान १० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु सबै रौतहटका हुन् । उनीहरु सबै पुरुष हुन् । योसँगै हालसम्म संक्रमितमध्ये २३६ पुरुष र ५५ जना महिला रहेका छन् ।

एकै दिन १० जना संक्रमित भेटिएपछि रौतहटमा चेकजाँच कडा पारिएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमितहरु सामान्य अवस्थामा रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिए ।

संक्रमितको विवरण
१. रौतहट राजपुर फरहदवाका १८ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
२. रौतहट राजपुर फरहदवाका ३२ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
३. रौतहट राजपुर फरहदवाका ३६ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
४. रौतहट राजपुर फरहदवाका ३९ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
५. रौतहट राजपुर फरहदवाका ३९ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
६. रौतहट राजपुर फरहदवाका ४२ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
७. रौतहट राजपुर फरहदवाका ४८ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
८. रौतहट इशनाथ नगरपालिकाका २८ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
९. रौतहट इशनाथ नगरपालिकाका ३० वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।
१०. रौतहट इशनाथ नगरपालिकाका ३३ वर्षीय पुरुष, ४ जेठमा पत्ता लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot