Logo

पाँच सयको १६ वटा नोट बाटोमा छरिएको भेटिएपछि…



बारा, ४ जेठ । विगतमा बाटोमा नोट भेटिंदा मानिसहरु खुसुक्क लिएर जाने गर्दथे । कसै कसैले मात्र प्रहरीलाई खबर गर्थे । तर, पछिल्लो समय नोट भेट्दा पनि कोही टिप्ने आँट गर्दैनन् ।

बाराको कोतवाल गाउँपालिका प्युटाहामा आज विहानै त्यस्तै भयो । विहान साँढे छ बजे बाटोमा नोट भेटियो । पाँच सयका १६ वटा नोट बाटोमा छरिएपछि मानिसहरुले प्रहरीलाई खबर गरे ।

महेन्द्र आदर्श आदर्श इलाका प्रहरीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर नोट सुरक्षित साथ पोका पार्यो । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए । मिश्रका अनुसार नोटलाई सुरक्षित तरिकाले राखिएको र नोट कस्को हो भन्नेबारे खोजी भइरहेको बताए ।

तर, विहानै नोट छरिएको देखेपछि मानिसहरु त्रसित भएका थिए । यसअघि जनकपुरमा त्यसरी नै पैसा छरेको भेटिएको थियो । पैसा छरेको भेटेपछि स्थानीय त्रसित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्