Logo

प्रधानमन्त्री ओलीद्वारा कोरोनाबाट निधन भएकाप्रति दुःख व्यक्त



काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड –१९को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज बिहान ट्विट गर्दै भन्नुभयो, “कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।”

उहाँले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गर्नु भएको छ । नेपालमा पहिलो पटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट शुक्रबार भएको मृत्यु भएको थियो । रासस File Photo



प्रतिक्रिया दिनुहोस्