Logo

बारा प्रहरीका मुद्दा फाँटका जवानलाई कोरोना संक्रमणपछि त्रास



बारा, ४ जेठ । बारामा प्रहरीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि त्रास बढेको छ । मुद्दा फाँटका जवानलाई कोरोना भाइरसको संक्रमण शनिबार भेटिएपछि सम्पर्कमा आएकाहरुको नमुना परीक्षणका लागि लगिएको छ ।

संक्रमितको सम्पर्कमा आएका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका २५ प्रहरी, जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखाका तीन र सरकारी वकिल कार्यालयका तीन कर्मचारी गरी ३१ जनाको स्वाब संकलन गरिएको छ।

संक्रमित प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयमै आइसोलेशनमा राखिएको छ। उनको घर रौतहट हो। उनी २९ वैखामा घर गएर ३० गते कार्यालयमा फर्किएका जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ।

संक्रमित प्रहरी अदालत समेत गएको पाइएपछि अदालतमा समेत त्रास छ । नेपालमा एक उच्च सैनिक अधिकारीसहित ९ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । जसमध्ये सेनाका २, प्रहरीका ३, सशस्त्रका ३ र अनुसन्धानका एकजना छन् ।



प्रतिक्रिया दिनुहोस्