Logo

विश्वमा मानसिक रोगको सुनामी आउने



रिपोर्टर्स नेपाल । कारोना भाइरसको त्रासले विश्वनै लकडाउनको अवस्थामा रहँदा मानिसहरुमा मानसिक रोगको त्रास बढेको छ । मानिसहरुमा तनावका कारण डिप्रेशनको रोग बढ्न थालेको छ । कतिपय देशहरुमा आत्महत्याको घटना धमाधम बढ्न थालेको छ ।

लकडाउनका कारण विश्वका सम्पूर्ण नागरिक आफ्नो दैनिकी छाडेर घरमा बस्न बाध्य भएका छन् । लामो समयसम्म घरमा बस्दा मानिसक रोगीहरुको मात्रा अत्यधिक बढ्न सक्ने मनोचिकित्सकहरुले औल्याएका छन् । मानसिक रोग यति भयावह हुनसक्छ कि यसले रोगको सुनामी नै ल्याउनसक्ने खतरा मनोचिकित्सकले औल्याएका छन् । जुन कोरोना भाइरसको संक्रमणभन्दा पनि भयावह हुनसक्छ ।

मानसिक रोगको सुनामी आउनसक्ने खतराको कारणमा विद्यालय र कार्यालयहरु बन्द भएको, सेल्फ आइशोलेसनमा बस्नु, त्रास पनि एउटा कारण हो । रोगको प्रभाव विशेषगरी कम उमेरका बाल बालिका र परिपक्व उमेरका मानिसहरुमा देखापर्ने चिकित्सकहरुको भनाई रहेको छ ।

विस्तारै मानसिक रोगीको चाप अस्पतालमा देखिएको छ । तर, लकडाउनका कारण मनोचिसकित्सकहरुले उक्त रोगीहरुको उपचार गर्न नसकेको चिकित्सकहरुले दुख व्यक्त गरेको छन् । उपचार नगर्दा उक्त रोगीहरुको संख्यामा वृद्वी भएको छ ।

उपचार नहुदाँ रोगले त्रसित मानिसहरुमा समेत त्रास पलाएको मनोचिकित्सकहरुले जनाएका छन् । उक्त विषयको पुष्टि स्वयेम विरामीले व्यक्त गरेका छन् । त्यसकारण मानसिक रोगीहरुको उपचार हुनुपर्नेमा मनोचिकित्सकले सरकारहरुसंग आग्रह गरेका छन् । एजेन्सीको सहयोगमा भावानुवादसहित File photo



प्रतिक्रिया दिनुहोस्