Logo

श्रममन्त्री यादवलाई श्वासप्रश्वासको समस्या पछि आकस्मिक रुपमा अस्पताल भर्ना, भएको के हो



काठमाडौं, ४ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भनी आइबार विहानै अस्पताल भर्ना गरिएको छ । यादव निवासबाट मन्त्रालय जाने यारी गरिरहँदा श्वासप्रश्वासको समस्यामा परे ।

तत्काल बाँसबारीस्थित गङ्गालाल हृदयरोग अस्पताल लगिएको छ । उनलाई माइल अट्याक भएको भनिएको छ ।

तर, श्वासप्रश्वासमा समेत समस्या भएकाले गम्भीरताका साथ लिइएको छ । मन्त्री यादवलाई पछिल्लो समय धपेडी पनि परेको छ । वैदेशिक रोजगारीमा पुगेका नेपालीहरुको बारे मन्त्रालयमा निकै गम्भीरतापूर्वक काम गर्नुपर्ने अवस्था देखिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्