काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले लिपुलेकहुँदै नेपाल र चीनबीचको व्यापार बढाउनेगरि भएको सहमतिका कारण नेपाली भूमि अतिक्रमणबारे भारत र चीन दुवैसँग नेपालले वार्ता गर्नुपर्ने बताएका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता पौडेलले भने-“हामीले कुटनीतिभित्र अब भारतलाई मात्रै प्रयोग गरेर पुग्दैन् । कुटनीतिभित्र हामीले चीनलाई पनि प्रयोग गर्न सक्नुपर्छ । सन् २०१५ मा भारत र चीनका बीचमा सहमति भएअनुसार अहिले व्यापारिक नाका बनाउन त्यो सडक बनाईएको हो । भारतसँग जोडिने नाममा नेपाली भूमि प्रयोग गर्दा चीनलाई त्यो थाहा थिएन त ? उसले किन सहमति जनायो ? अहिले नेपाल सरकारले भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट दियो । र, चिनियाँ राजदूतलाई पनि बोलाएर डिप्लोम्याटिक नोट दिनुपर्छ ।”
शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले भने-“अहिले सगरमाथाकै विषयमा धेरै कुरा आएको छ । अहिले कस्तो छ भने ? नेपाल त यति धेरै समस्याहरुबाट जगडिएको छ । न हामी सीमा सुरक्षा गर्न सक्छौं । न हामीले लोकतन्त्रको संरक्षण गर्न सक्छौं । अब यत्रो बलियो सरकार नेपालमा भएको बेलामा, अघि कोमलजीले भन्नुभयो सरकारको प्रतिपक्षी दलसँग सौहार्दपूर्ण सम्बन्ध छ, तर प्रधानमन्त्रीले अरु पार्टी फुटाउन कुर्सीमा बसेर कत्रो तानाबाना बुन्नुभयो ? त्यस्तो मान्छे प्रतिपक्षीसँग कहिल्यै सहिष्णु हुन सक्छ ? उहाँलाई सांसदको संख्या पुगेको थिएन की ?”
थप प्रश्न गरे,’वर्तमान प्रधानमन्त्री ओलीले कुर्सी जोगाउनको लागि पार्टी फुटाउने, सांसद अपहरण गर्ने, नेपालको कानून बदल्ने, उहाँ संविधान बनाउँदा हुनुहुन्थेन ? संविधान बनाउँदा सक्रिय हुनुहुन्थेन ? नेपालका पार्टीहरु धेरै फुटे, नेपालमा अस्थिरता भयो भने केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत बनाएको होईन । उहाँले वा किन बनाउनुभयो ?