Logo

वर्तमान सरकार मर्यादित र अनुशासित हुन आवस्यक : रिजाल



काठमाडौँ ४ जेठ। नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सांसद डा मिनेन्द्र रिजालले संशोधन प्रस्ताव प्रस्तुत गर्दै स्थिरता र स्थायित्वका लागि नीति तथा कार्यक्रममा सञ्चारजगत्लाई मर्यादित र अनुशासन बनाउने उल्लेख भएकोे भन्दै पहिले सरकार आफू मर्यादित र अनुशासित हुनुपर्नेमा जोड दिए ।

साथै उनले इतिहासकै कठिन चुनौतीमा रहेको वर्तमान अवस्थामा उत्पन्न हुने आर्थिक सङ्कटलाई सम्बोधन गर्ने ठोस कार्यक्रम नीतिमा नभएको धारणा व्यक्त गर्दै अप्ठ्यारोमा परेका जनतालाई तत्कालको समस्या समाधानका लागि आवश्यक कार्यक्रम ल्याउन आग्रह गरे । File photo



प्रतिक्रिया दिनुहोस्