Logo

२८ जिल्लामा कोरोना संक्रमण, प्रदेश २ र ५ मा महामारीको सबैभन्दा खतरा



काठमाडौं, ४ जेठ । देशभर २८ जिल्लामा कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । कणाली प्रदेशमात्र कोरोना संक्रमित नभेटिएको प्रदेश बनेको छ । बाँकी छ वटै प्रदेशहरुमा संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुल २९२ संक्रमितमध्ये २ जनाको निधन भएको छ । बागमती प्रदेश र प्रदेश ५ मा एक एक जनाको कोभिड १९ बाट निधन भएको हो ।

सबैभन्दा बढी संक्रमित प्रदेश २ मा छन् । दोस्रो स्थानमा प्रदेश ५ छ । दुवै जिल्लामा भारतसँग जोडिएका क्षेत्रहरु बढी छन् ।
कुल संक्रमितमध्ये २३७ पुरुष र ५५ महिला छन् । एक एक महिला र पुरुषको कोभिड १९ बाट निधन भएको छ । ३६ जना नीको भई घर फर्किएका छन् ।

कुन प्रदेशमा कति संक्रमित
प्रदेश १ मा ३६
प्रदेश २ मा १२१
बागमती प्रदेशमा १७ संक्रमितमध्ये १ को निधन
गण्डकी ३
प्रदेश ५ मा १०९
कर्णाली प्रदेशमा ०
सुदुपश्चिम प्रदेशमा ५



प्रतिक्रिया दिनुहोस्

Screenshot