काठमाडौं, ४ जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका कार्यकर्ता लकडाउनलाई छल्दै घरको तीन तलामाथिको कोठामा विरोध प्रदर्शन गर्दा पक्राउ परेका छन् । नेपालको भूमि कालापानी लिपुलेक लिम्पियाधुरा मिचेर भारतले बाटो निर्माण गरेको विरोधमा उनीहरुलाई दुई घण्टा घरभित्रै थुनेर गिरफ्तार गरेको हो ।
जनता समाजवादी पार्र्टी काठमाडौ जिल्ला समन्वय समितिका सचिव रहरबहादुर खड्काको नेतृत्वमा सामाजिक दूरी कायम गर्दै असन बाङ्गेमुढाको एक घरको छतमा विरोध प्रदर्शन गर्न खोज्दैगर्दा पनि प्रहरीको फन्दामा परेका हुन् । पक्राउ परेका सचिव खड्काको भनाई थियो– भारतले असल छिमेकीको मर्यादा नराखी एक तर्फिरुपमा पेलेर बाटो बनाएकोले हामीले विरोध गरेका हौं । हाम्रो पार्टीमात्र होईन, नेपालका आमा नागरिक समाज, राजनीतिक पार्टी, सञ्चारकर्मी, आम नागरिकहरु मिलेर भारतको हेपाहा प्रवृत्तिको जवाफ दिनुपर्छ ।
सचिव खड्का जङ्गिदै भन्छन्– हामी सबैले वर्तमान कोभिड–१९ को महामारीलाई ध्यान दिदै सामाजिक दूरी कायम गर्दै प्रदर्शनको तयारीमा गर्यौ, महानगरीय प्रहरी बृत्त जनसेवा बिशाल बजारबाट खटिएका प्रहरीहरु घर भित्रै प्रवेश गरे हामीलाई गिरफ्तार गर्यो, यो नागरिकको नैसर्गिक अधिकारप्रतिको ठाडो हस्तक्षेप हो ।
जनता समाजवादी पार्टी, काठमाडौ जिल्ला समन्वय समितिका अध्यक्ष श्याम कृष्ण प्रजापति तर्क थियो– प्रहरी हामी भएकै ठाउँमा भ¥याङ चढेर सरासर माथिल्लो तलामा आए । हामीसँग भएको पर्चा पम्प्लेट सबै खोसेर लगे । हामी तलै जान्छौं तल कुरा गरौंला भनेर भ¥याङबाट झरेर बाहिर जान खोज्दा मुल ढोकामा चुुुुकुल लगाई हामीलाई भित्रै थुनिदिए, हामी सबै ढोका खोल्न पटक–पटक आग्रह गरे पछि प्रहरीले ढोका खोलि दियो । ढोकाबाट निस्कदा निस्कदै सबै साथीहरू नारा लगाउदै बाहिर निस्कनु भयो । बाहिर ठ्याक्कै ढोका अगाडि प्रहरीको गाडी राखेको रहेछ । त्याँहा नारा लगाउने क्रममा दोहोरो झडप भयो । प्रहरीले नेताकार्यकर्ता साथीहरुलाई समाउदै पक्रेर गाडीमा राख्न थाले साथीहरूले चर्को नाराबाजी गरी नै रहे ।
पक्राउ पर्नेहरुमा जनता समाजवादी पार्र्टी काठमाडौ जिल्ला समन्वय समितिका सचिव रहरबहादुर खड्क, काठमाडौ जिल्ला समन्वय समितिका अध्यक्ष श्याम कृष्ण प्रजापति, केन्द्रिय सदस्य आङकाजी शेर्पा, परिवर्तन भट्टराई र काठमाडौ जिल्ला सदस्यहरु चन्द्र महर्जन, अनिल थापा, सुरज महर्जन ,ज्ञानुरत्न महर्जन र मनिष कुमार श्रेष्ठ छन् ।
उनीहरुलाई महानगरीय प्रहरी कार्यालय जनसेवा बिशाल बजारमा सामाजिक दूरी कायम गरी राखिएको छ । कार्यक्रम स्थल बाङ्गेमुडामा नेवा राष्ट्रिय समिति अध्यक्ष मनरत्न शाक्य, सह ईन्चार्ज राधाकृष्ण महर्जन, उपाध्यक्ष शोभा बज्राचार्य, कोषाध्यक्ष गिता सिख्राकार, काठमाडौ जिल्ला कोषाध्यक्ष केशव महर्जन, नेता अनुप सिंह सिलुवाल, नेता श्रृजन मान श्रेष्ठ, नेता बिजय डंगोल, रेश्मा श्रेष्ठ , शिव प्रसाद पाण्डेलगायत अन्य थुप्रै नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियोे ।
आन्दोलनकारीहरुलाई दुई घण्टापछि पार्टीका नेता तथा माननीय सांसद राजेन्द्रप्रसाद श्रेष्ठको जमानीमा सबैलाई नेता कार्यकर्ताहरुलाई सहिछाप गराई छाडिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम