Logo

‘यो गरिनेछ, यसैगरिनै गरिने हो भने गरिनेको ठाउँमा मरिनेछ लेख्नुपर्छ केही दिनमा’ : गिरी



काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सरकारले कसैलाई भोकै मर्न दिन्नौं भनेपनि अब भोकले मर्ने अवस्था आउन लागेको भन्दै सरकारलाई चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् ।

उनले भने-‘कविहरुले भनिसके, संवेदनशील मानिसहरुले भनिसके, नेताहरुले पनि भनिसके अब नेपालमा रोगले भन्दा भोकले मर्ने अवस्था आउँदैछ । यो सरकार, यो संयन्त्र, यो राज्यको सम्पूर्ण संयन्त्र त्यसप्रति पूर्ण उदासिन छ । भनिन्छ रक्सीको नशा त खाएपछि लाग्छ, पैसाको नशा पाएपछि लाग्छ, तर यो सत्ताको नशा भने गाएपछि लाग्दो रहेछ । सत्ताधारी पार्टीका नेताहरुलाई मुलुकको समस्याबारे जानकारी छ जस्तो मलाई लाग्दैन् ।’

उनले आफ्नो ३० वर्षे लामो संसदीय कार्यकालमा वर्तमान सरकारले जस्तो यो गरिनेछ भनेर कहीँ आफूले नपढेको पनि जिकिर गरे । उनले भने, सरकारले यत्रो धेरै गरिनेछ लेखेको छ, यसैगरि गरिनेछ भनेर लेखिने हो भने गरिनेछ भनेको ठाउँमा मरिनेछ भनेर लेखिनुपर्छ केही दिनपछि ।



प्रतिक्रिया दिनुहोस्