Logo

कोरोना संक्रमणपछि मृत्यु भएकी महिला पुगेका सबै ठाउँ सिल, परिक्षणलाई तीब्रता



जेठ ४, काठमाण्डौ । नेपालमा पछिल्लो दुई दिनमा कोरोना भाइरस संक्रमणकै कारण दुई जनाको मृत्यु भयो । २ सय ८० जनामा संक्रमण हुँदा पहिलो मृत्यु भयो । र २ सय ९० भन्दा बढि संक्रमित संख्या पुग्दा दोस्रो व्यक्तिको मृत्यु पुष्टि भयो । पहिलो मृत्यु काभ्रेकी २९ वर्षीय महिलाले सम्पर्क राखेका स्थानमा अहिले सिल गरेर उच्च स्वास्थ्य सतर्कर्ता अपनाइएको छ ।

कोभिड १९ बाट सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ९ निवासी २९ वर्षीया महिलाको मृत्यु भएपछि सम्भावित जोखिम क्षेत्रलाई सिल गरेर उच्च सतर्कता अपनाइएको हो । ८ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी डिस्चार्ज भएपछि सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन् ।

काभ्रेस्थित उनको माइति र घर दुवैतिरको क्षेत्र सिल गरेर मृतकको परिवार, छिमेकी र सम्भावित जोखिममा रहेकाहरुको कोरोना परिक्षणलाई तीब्रता दिइएको छ । त्यसैगरी उनलाई लगिएको काभ्रेको अस्पताललाई पनि जोखिम क्षेत्र मानेर कोरोना परिक्षणलाई तीब्रता दिइएको काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष मुकुन्द रिजाल

आइतबार हामी काठमाणडैको माछापोखरीस्थित तरकारी बजार क्षेत्र पुग्दा धमाधम कोराना परिक्षण गराइएको थियो । किनकी त्यस तरकारी बजारमा मृतक महिलाले करिब एक महिनाअघिसम्म तरकारी व्यापार गरिरहेकी थिइन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ ले वडा भित्रका रहेका नागरिकहरुको आरडिटी र पिसिआर परिक्षण गराएको हो । बढि जोखिम मानिएका तथा मृतक महिलासँग भेट भएका २ सय जनाको पिसिआर परिक्षण गरिएको छ भने ४ सय जनाको आरडिटी परिक्षण गरिएको छ ।

ति महिलालाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने पत्ता लागेको छैन । जसले गर्दा उनी पुगेका सबैजसो क्षेत्रमा यसैगरी सिल गरेर कोरोना परिक्षण कार्यलाई तीब्रता दिइएको छ ।

तस्विर : माछापोखरी, काठमाण्डौ



प्रतिक्रिया दिनुहोस्