Logo

लिम्पियाधुरा नेपाली भूमि



काठमाडौंँ, ५ जेठ ।  प्रजातान्त्रिक विचार समाजले आफ्नो स्थापना दिवसमा विविध वैचारिक कार्यक्रम गरी सम्पन्न गरेको छ ।  जेठ ३ गते स्थापित समाजले शनिबार जुम मिटिङमार्फत विचार आदान प्रदान गरेको हो ।

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना भाइरसको जगजगीका बेला दल विभाजित गर्ने र संवैधानिक परिषद्को अध्यादेश  ल्याउनु गलत प्रवृत्ति देखिएको बताएका छन् ।

लिम्पियाधुरादेखि लिपुलेकसम्म नेपालको भू–भाग भएको ऐतिहासिक तथ्य उल्लेख गर्दै उनले कोरोना नियन्त्रण, सीमा विवाद समाधान र आवश्यक वर्ग, समूहलाई राहत सहयोग प्रदान गर्नमा विपक्षी दलले सरकारलाई सहयोग र समर्थन दिएको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्