काठमाडौं, ५ जेठ । नेपाल प्रहरीमा ६० जना इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारिश भएको छ । प्रहरी प्रधान कार्यालयले हिजो साँझ उनीहरुको बढुवा सिफारिश गरेको हो ।
बढुवामा अख्तियारमा रहेका पृथ्वीनारायण ओली पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा केदाराज पन्त, तेस्रोमा जयराम कुइँकेल परेका छन् ।
त्यसपछि क्रमशः कविन्द्रकुमार कार्की, संजिवबाबु खड्का, पंचकुमार बाखु, प्रमेश बिष्ट, नविनराजा बुढाथोकी, सुर्यबहादुर थापा, कुमारप्रसाद मैनाली छन् । अधिकांश बढुवामा अग्रपंक्तिमा अख्तियारमा दरबन्दी भएका इन्स्पेक्टरहरु परेका छन् ।
अख्तियारमा यसअघि सचिव भएका महेश्वर न्यौपाने गृहसचिव भएकाले पनि असर देखिएको छ । उनी अख्यिारको सचिव हुँदा नजिक रहेका इन्स्पेक्टरहरुले बढुवामा लाभ लिन सकेका छन् ।
बढुवाको सुची हेर्न यहाँ थिच्नुहोस्