Logo

घरघरमा तरकारी



काठमाडौँ, ५ जेठ । बर्दिया बारबर्दिया नगरपालिका ५ धोबियाकी सीता थारु एकाबिहानै बारीमा पुग्छन् । बारीभरि लटरम्म फलेका काँक्रा, करेला, लौका, फर्सी, बोडी, टमाटरलगायत हरिया ताजा तरकारी टिपेर छिटुवामा भरेसँगै उनी सदरमुकाम गुलरियामा बेच्दै हिँड्ने गर्छन ।

गाउँका अन्य महिला पनि छिटुवा टाउकामा बोकेर टोलटोलमा तरकारी बेच्न निस्कन्छन् । लकडाउनमा घरघरमै तरकारी बेचेर गुजारा गर्छन् । बन्दाबन्दीमा पनि बस्तीमा तरकारी पु¥याउन पाउँदा सीता निक्कै खुशी छिन । “लकडाउनले बजार बन्द छ बारीमा उत्पादन भएको हरियो र ताजा तरकारी घरघरमै पुगेर बेच्छुु”, उनले भने,“तरकारी बिक्रीले दैनिक घरको गुजारा चलेको छ ।

हाटबजार बन्द भएकाले तरकारी बेच्ने ठाउँ छैन । दुई घण्टा डुलेपछि सबै तरकारी बिक्छ ।” उनीसँगै तरकारी बेच्न अरु महिला पनि आउने गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्