Logo

शिक्षण अस्पतालमा भद्रगोल



काठमाडौं, जेठ ५ । सरकारले कोरोना महामारीको उपचारकै लागि ‘लेभल–३’ अस्पताल भनेर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई तोके पनि दुई जना संक्रमित भेटिएसँगै त्यहाँभित्र विभिन्न विभागबीच समन्वय अभाव रहेको पाइएको छ ।

एक सात वर्षीया बालिका तथा अर्का एक बिरामी कुरुवामा कोरोना संक्रमण देखिएसँगै अस्पतालभित्रका असमञ्जस्यहरू बाहिर देखिएका हुन् ।

अस्पतालमै वैशाख २४ मा शिशुलाई जन्म दिएकी एक महिलाको कोभिड–१९ कै कारण मृत्यु भएपछि अस्पताल व्यवस्थापन थप दबाबमा परेको हो ।

अन्तर विभाग समन्वयको अभावकै कारण अस्पतालले गठन गरेको कोभिड–१९ कमिटीले बनाएका उपचार तथा व्यवस्थापन प्रोटोकलहरूको पालना हुन नसकेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्