Logo

मृतक महिलाको परिवारमा कोरोना संक्रमण देखिएन, सबैको रिपोर्ट नेगटिभ



काभ्रे, जेठ ५ । धुलिखेल अस्पतालमा बिहिवार मृत्यु भएकी सिन्धुपाल्चोककी कोरोना संक्रमित महिलाको १४ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ आएको छ ।

धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा परिवारका सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । हाल आइसोलेसनमा रहेको पुरै परिवार कोरोना संक्रमण मुक्त भएको पुष्टिसंगै परिवारलाई दुःखका बिच केहि राहत भएको छ ।

सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका– ९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस्