Logo

यी हुन् थपिएका ९ कोरोना भाइरसका संक्रमित (विवरणसहित)



काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ३०४ पुगेको छ । आज विहान रौतहटमा ८ र बारामा एक व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज बारामा एकजना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

आज संक्रमितमध्ये ८ पुरुष र एक महिला छन् । योसँगै नेपालमा संक्रमितमध्ये २४६ पुरुष र ५८ जना महिला पुगेका छन् ।
यसअघि मृत्यु भएपछि एक-एक महिला र पुरुषमा संक्रमण पुष्टि भएको छ ।

३ जेठमा एकजना मृत महिलाको कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ४ जेठमा अर्का मृत पुरुषको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड १९ बाट दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म संक्रमितमध्ये ३६ जना नीको भई घर फर्किएका छन् । देशमा कर्णालीबाहेक सबै प्रदेशमा संक्रमित भेटिएका छन् । सबैभन्दा जोखिम प्रदेश २ र ५ देखिएको छ । २८ जिल्लामा कोभिड-१९ भएकाहरु पत्ता लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

संक्रमितको विवरण
१. रौतहत इशनाथ नगरपालिकाका २१ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
२. रौतहत इशनाथ नगरपालिकाका २१ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
३. रौतहत इशनाथ नगरपालिकाका २३ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
४. रौतहत इशनाथ नगरपालिकाका २५ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
५. रौतहत इशनाथ नगरपालिकाका २५ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
६. रौतहत इशनाथ नगरपालिकाका २९ वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
७. रौतहत इशनाथ नगरपालिकाका ३० वर्षीय पुरुष, ५ जेठमा पत्ता लागेको
८. रौतहत माधवनारायण नगरपालिकाकी २१ वर्षीया महिलाा, ५ जेठमा पत्ता लागेको
९.बारा करैयामाई ५ का ३८ वर्षीय पुरुष, उनी पत्रकार हुन् । ५ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्

Screenshot