Logo

क्लासिक टेकले गर्यो लकडाउनमा खटिने कर्मचारीहरुको कोरोना बीमा



काठमाडौं, ५ जेठ । ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले हाल कार्यरत कर्मचारीहरूको कोरोना बीमा गरिदिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले यही जेठ २० गतेसम्म लकडाउन कायम गरेको छ । यस्तो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ काम गर्न हौसला प्रदान गर्नका लागि उत्तः कम्पनीले अहिले कार्यरत कर्मचारीहरुको कोरोना वीमा गरिदिएको हो ।

यस्तो परिस्थितिमा इन्टरनेट सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै कर्मचारीहरुले निरन्तर रुपमा पीपीई र सेफ्टी किट्स प्रयोग गर्दै खटिरहेकोे क्लासिक टेक प्रा. लिले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्