Logo

३५ दिन क्वारेन्टाइनमा बसेका युुवामा कोरोना



कञ्चनपुर, जेठ ६ । ३५ दिन क्वारेन्टाइनमा बसेका दैलेखका युवामा कोरोना देखिएको छ । दैलेखको आठबीस नगरपालिका–१ सात्ताका ति युवा भारतको आगरामा एक कुखुरा फार्ममा काम गर्ने गरेको र उनी कम्पनीकै गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएर ३५ दिन क्वारेन्टाइन बसेर दैलेख पुगेका थिए ।

क्वारेन्टाइनको बसाई सकेर नेपाल प्रवेश गरेका उनले एक रात महेन्द्रनगरमा विताएको भेटिएको छ । महेन्द्रनगरबाट गाडी रिर्जव गरी उद्धार दैलेख पुगेका उनलाई लक्ष्मी माध्यमिक विद्यालय सात्तालामा बनेको क्वारेन्टाइनमा राखिएको थियो ।  जेठ ३ गते शनिवार सबैको पीसीआर परीक्षणबाट सोमबार उनलाई कोरोना भएको पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्