Logo

अहिलेसम्म कारोना भाइरसका संक्रमित नभेटिएको कर्णाली



काठमाडौं, ५ जेठ । देशका ७ प्रदेशमध्ये ६ वटामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कर्णालीमात्र त्यस्तो प्रदेश हो जहाँ अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

देशको सबैभन्दा पिछडिएको प्रदेश हो कर्णाली । उसले कोभिड १९ रोकथामका लागि रोकथामको उपायका लागि निकै कडाई गरेको छ । कर्णाली शिल्ड जस्तै गरेर प्रवेश गर्ने र बाहिर आउनेलाई निकै कडाई गरेको हो ।

सबैभन्दा बढी संक्रमित प्रदेश २ मा छन् । दोस्रो स्थानमा प्रदेश ५ छ । दुवै जिल्लामा भारतसँग जोडिएका क्षेत्रहरु बढी छन् । तर, कर्णालीमा भारतबाट फर्किनेहरुका कारण जोखिम बढेको छ । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने देखि घरमै आइशोलेशनमा राख्ने सम्मको व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot