Logo

बाँके बन्यो ‘कोरोना भाइरसको इपिसेन्टर’



काठमाडौं, ५ जेठ । आज एकै दिन बाँकेमा ४७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भेरी अस्पतालमा परीक्षणका क्रममा बाँकेमा ४७ जना संक्रमित भेटिएका हुन् ।

यसअघि पनि बाँकेमा ठुलो संख्यामा संक्रमित भेटिएका थिए । बाँकेको नेपालगञ्जमा बढी संक्रमित भेटिएका छन् । योसँगै उक्त क्षेत्र नेपालमा कोभिड १९ को इपिसेन्टर बनेको छ ।

बाँकेका संक्रमितलाई सुशील कोइराला अस्पतालमा राखिएको छ । आज थपिएकालाई पनि त्यही राख्ने तयारी भएको छ । संक्रमित निकै बढी थपिएकाले अस्पताल भरिने अवस्था बनेको छ ।

यसैगरी थप जिल्लाहरुमा पनि संक्रमित देखिएका छन् । आज गुल्मीमा पनि संक्रमित भेटिएका छन् । योसँगै देशका ३१ जिल्लामा संक्रमित भेटिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्