Logo

फूलै फूलको बहार, काठमाडौं ढकमक्क (फोटोफिचर)



काठमाडौं, ५ जेठ । विश्व यतिवेला कोरोना भाइरसको महामारीको कारण त्राहीमाम छ । विश्व नै अहिले बन्दाबन्दीको अवस्थामा छ । कोरोनाको असर नेपालमा पनि परेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि गत चैत्र ११ गतेदेखि नै लकडाउन लगाएको छ र यो यही जेठ २० गतेसम्म कायम राखेको छ । यो समाचार तयार पार्दासमेत नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ भने यी मध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् र नेपालमा अहिलेसम्म दुई जनाले ज्यान गुमाउनु परेको छ ।

कोरोनाको कहरका बीच सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । संसदमा भौतिक दूरी कायम राखेर सरकारले जेठ २ गते नीति तथा कार्यक्रम ल्याएको हो । अहिले नीति तथा कार्यक्रममाथि छलफल जारी छ । सांसदहरुले उक्त छलफलमा भाग लिँदै आफ्ना विचार प्रस्तुत गरिराखेका छन्। देशको मुख्य प्रशासिनक केन्द्र सिंहदरबारका मन्त्रालयहरु पनि कोरोनाको जोखिमलाई ध्यान दिँदै अत्यावश्यक काम सञ्चालनमा व्यस्त छन् ।

हाम्रा सहकर्मी मुुुकुन्द कालिकोटेले लकडाउनको अवस्था, मन्त्रिपरिषद बैठक, उच्चस्तरीय समन्वय समितिको बैठक र संसद बैठकको नियमित रिपोर्टिङ गर्दै आएका छन् । हामीले सुरुदेखि नै काठमाडौं उपत्यकाको लकडाउन डायरी प्रस्तुत गर्दै आएका छौं । तर, आज भने हाम्रा सहकर्मी कालिकोटेले अरु दिनभन्दा फरक खाले तस्विर प्रस्तुत गरेका छन् । काठमाडौंमा ढकमक्क फूलेका फुलहरु आफ्नो क्यामेरामा कैद गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्