काठमाडौ, ५ जेठ । नायिका करिश्मा मानन्धर पछिल्लो समयमा राष्ट्रियताको वारेमा कडा रुपमा सामाजिक सञ्जालमार्फत प्रस्तुत हुदै आएकी छिन् । देशमा लकडाउनका कारण कुनै कार्यक्रम हुन पाएको छैन । सबैले सामाजिक सञ्जाललाई नै भावना अभिव्यक्त गर्ने उपयुक्त माध्यम बनाएका छन् जुन अहिलेको समयमा निकै प्रभावकारी माध्यम हो ।
आज उनले भारतले हेपाहा प्रवृति देखाएको भन्दै आलोचना गरेकी छिन् । उनले पछिल्लो समसामयिक विषयको वारेमा आफ्नो लामो अवधारणा फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् ।
लकडाउन पालना गर्ने नागरिक हु भन्दै उनले लेखेकी छिन्, ‘कमजोर पक्षले सधै प्रतिरक्षत्मक व्यबहार अपनाउने गर्छ ,त्यो भनाइ साचो हो जस्तो लाग्छ ! हरेक पटक जब पनि हाम्रो देशको बारे कुनै नकारात्मक टिप्पणी हुन्छ हामी सबै नेपाली सामाजिक स्ांन्जालमै भए पनि आ–आफ्नो भनाइ राखेर बिरोध प्रदर्शन गर्छौ ! यस्मा केही सकारात्मकता भन्ने शब्दलाइ सम्पुर्ण समस्या को समाधान भनेर सोच्ने माहानुभावहरुले यो क्रियाकलापलाई बकुमफुसे सोच पनि भनेको पाइन्छ ।’
करिश्माले आइतवारको प्रसंग निकाल्दै लेखेकी छिन्, ‘हिजो कै कुरा लिउ नेपालको नाम लिएर एउटा छिमेकी मुलुकको सिरियलमा भयेका केही शब्दप्रती नेपालीहरुले जनाएको चित्त नबुझाइलाई केही फेसबुक प्रयोगकर्ता साथीहरुले नकारात्मकता फैलाउन खोजेको, जनता उकास्न खोजेको ,अशान्ति फैलाउन खोजेको भन्दै विभिन्न सामाजिक संजालका समाचारहरुमा प्रतिक्रिया जनाएको देखे । ’
मानन्धरले अगाडी लेख्छिन्, ‘जस्तो कि हामीलाई नेपाली.र भन्दैमा के भयो त सकारात्मक सोचौ सिरियलको दृश्य को माग होला । अनी हाम्रो इतिहास हेर्नुस हाम्रा चेलिहरुलेके गरिरहेका थिये रे । अझ एक जनाले त जो दिदिबहीनीहरु जो त्यो नरकबाट बचेर फर्किएर तेही विषय सम्बन्धी सेवाकार्य गरिरहनु भयेको छ वहाँको टेलिभिजनको अन्र्तवार्ता समेत हालेर यो हो हाम्रो रियलिटी भनेर राख्नु भएको छ । कसरी आफ्ना चेलीलाई यस्तो लान्छना लगाउन सक्नुहुन्छ ?
उनले अगाडी लेखेकी छिन्, ‘अनी जस्ले यो बारे बिरोध गरेर दुइ शब्द सामाजिक स्ांजालमा राखे उनिहरु को भनाइलाई फेशबुके राष्ट्रबाद रे !
नभुल्नुस ,आज कोभिट १९ ले बिश्वलाई गाँजेको बेला फेसबुक या समाजिक स्ांन्जाल नै यस्तो माध्यम हो जस्ले एकअर्कोलाई जोडेर राखेको छ अहिलेको अवस्थामा बिभिन्न भिडियो कन्फ्रेन्स द्वारा महत्वपुर्ण बिचारहरुको आदानप्रदानभइ ठुला काम सम्पन हुने बाटो खुलेको छ । यो हो सकारात्मक पक्ष ।
मेरो प्रश्न वहाँहरुलाई के हो भने हजुरहरुको यो टिप्पणी के मा लेख्दै हुनुहुन्छ् ? ( फेसबूक मै होइन ? ) ?
कमसेकम ती चेलीले त त्यो नरक बाट उम्किएर आफु जस्तै भिक्टिमहरुको उद्दार गर्दै्छिन यहाँले के भुमिका निभाउनु भयो ?
तपाईंलाई थाहा छ हाम्रो चलचित्र सेन्सरबोर्डमा छिमेकिको चलचित्र आउनासाथ हेरेर पास गरिहाल्नुपर्छ त्यो पनि यथावत् राखी, हाम्रो नेपाली चलचित्र को पुरै स्कृप्ट एक एक शब्द रोमनमा लेखिनु पर्थियो बल्ल अहिले नेपाली भाषी राखिएको छ क्यारे ! महिनौ दिन लाग्थियो! त्यो झन्झट बाट दिक्क भयेर नेपाली चलचित्रले त्याहाँ बस्ने एउटा ठुलो दर्शक र बजार गुमाउनु परेको छ त्यो थाहाँ छ ?
अनी के ! इतिहास देखी हाम्रा चेली बेचिएका हुन , यो हाम्रो यथार्थ हो भनेर सकारात्मकता को नाममा हातमा हात धरेर आत्मसम्मान् बिहिन कुसुन्डो ! बनेर बस्नु हुन्छ?
( माफ पाउ कुसुन्डो को आत्मसम्मन् हुन्छ कम्सेकम जङग्ल छोड्दैन इथिक्स छ )
इतिहासका कुरिती बदल्न नचाहाने तेसैलाई मेटिन नसकिने सत्य हो भनेर सकारात्मकता शब्दको प्रतिरक्षक मजेत्रोमा आफ्नो अनुहार लुकाउने तर शरिर नाङ्गो भयेको थाहाँ नपाउने याहाँहरु लाइ म के भनु ? ’