Logo

महिलाले दिइन् ‘प्लास्टिक बेबी’ को जन्म



भारतको पञ्जाबमा एउटा आश्र्चय लाग्दो बच्चाको जन्म भएको छ । जसको शरीर प्लास्टिक जस्तो छ । विचित्र शरीर भएको यो बच्चीको उपचारको लागी अंमृतसारको अस्पतालमा लैजादा डाक्टरहरु पनि दंग परेका थिए । डाक्टरहरुको अनुसार नानीको छालाको यस्तो विचित्र रुप रोगले भएको हो ।

प्लास्टिकको जस्तो शरीर भएको यो नानीले न त दुध पिउछीन् न त अरु केहि खान्छिन् । माछा जस्तो अनुहार भएकी नानी कसैले छोएमा रुने गर्छिन् । प्लास्टिक बेबीको उपचारत डाक्टरको अनुसार यस्तो बच्चालाई कोलोडिओन बेबी भनिन्छ । यस्तो बच्चाको छाला ३÷४ हप्तामा आफै उप्किन्छ र यस क्रममा छाला फाट्ने हुनाले धेरै दुख्ने गर्छ । यो ६ लाख नवजात शिशुमा एक शिशुलाई हुन्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot