Logo

जम्मु–काश्मिरमा पाँच चिकित्सकमा कोभिड–१९ सङ्क्रमण पुष्टि



५ जेठ : जम्मु–काश्मिरमा सोमबार पाँच चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित पाँच चिकित्सकमध्ये चार जनाले कोभिड–१९ का एक विरामीलाई उपचार सेवा दिने क्रममा सङ्क्रमण भएको स्थानीय अस्पताल स्रोतले बताएको छ ।

छाती रोग अस्पतालका प्रमुख चिकित्सक नवीद शाहले चिकित्सकहरूमा सङ्क्रमण भएको पुष्टि गर्दै भन्नुभयो, “सोमबार प्राप्त रिपोर्टमा पाँच चिकित्सकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये चार जनाले कोभिड–१९ बाट सङ्क्रमण भएका एक विरामीको उपचारमा खटिएका थिए ।”

संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयका अनुसार जम्मु–काश्मिरमा सोमबारसम्म एक हजार १८३ जना सङ्क्रमित रहेका छन् भने सङ्क्रमितमध्ये १३ जनाको मृत्यु भएको छ ।एएनआई File photo



प्रतिक्रिया दिनुहोस्