Logo

मन्त्रिपरिषद बैठकद्धारा लिम्पियाधुरासहितको नेपालको नक्शा पारित



काठमाडौं, ५ जेठ । आज बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेको बैठकले लिम्पियाधुरासहितको नेपालको नक्शा पारित गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको बताउँदै ती भूमि फिर्ता गर्ने बताएकी थिईन् । FILE PHOTO

Upadted: (9:24 PM) Source: RSS- बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तरराष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको बताए। नक्सा नेपालको सबै किसिमका प्रशासनिक र सबै प्रबन्धमा प्रयोग गरिने गरी सरकारले अघि बढाएको पनि मन्त्री खतिवडाले जानकारी दिए ।

नयाँ नक्सामा अन्तरराष्ट्रिय सिमानाहरुमा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको उनको भनाइ छ । यो नक्सामा सङ्घीयता अनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ । अरु अन्तरराष्ट्रिय सीमा यथावत रहेको पनि उनले बताए ।

अब यो नक्साबमोजिम निशान छाप, सरकारी कामकाजमा प्रयोग गर्ने नक्सा, विद्यालयमा पाठ्यपुस्तकहरु सबै सार्वजनिक प्रयोगमा हुने नक्सा नै अद्यावधिक हुने उनले बताए । मन्त्री डा खतिवडाले सरकारले तोकिएको दिनमा नै बजेट संसद्मा पेश गर्ने गरी तयारी अघि बढिरहेको बताए।

 



प्रतिक्रिया दिनुहोस्