Logo

कोभिड-१९ को भ्याक्सिन परीक्षणको सकारात्मक नतिजा, सफल भए जनवरीमा बजारमा आउने



एजेन्सी, ५ जेठ । कोभिड-१९ भ्याक्सिनको परीक्षणको नतिजा सफलतातर्फ उन्मुख भएको छ । प्रारम्भिक परिणाम अनुसार कोभिड-१९ को परीक्षणको भ्याक्सिनले सकारात्मक नतिजा दिएको हो ।

अमेरिकाको बायोटेक कम्पनिले त्यहाँको नेस्नल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । सीएनएनका अनुसार यदि भविष्यमा अध्ययन राम्ररी बढेमा सन् २०२१ को जनवरी अगावै भ्याक्सिन सार्वजनिक रुपमा उपलब्ध हुनेछ ।
अमेरिकी बोयोटेक कम्पनि मोर्डनाका प्रमुख डा. ताल जाक्सले सीएनएनसँग भने, यो असाध्यै राम्रो खबर हो ।

प्रारम्भिक तथ्यांक अनुसार पहिलो चरणको क्लिनिकल परीक्षणबाट थोरै मानिसलाई लिएर भ्याक्सिन सुरक्षित र रोगप्रतिरोधात्मक क्षमताको प्रतिक्रिया प्राप्त गर्ने अध्ययन गरिको थियो । परीक्षणले भ्याक्सिनलाई रोक्ने पाइएको मोर्डनाका प्रमुख जाक्सले बताएका छन् ।

अब कम्पनिले दोस्रो चरणको परीक्षण शुरु गर्ने छ । तेस्रो चरणको परीक्षण जुलाईमा हुनेछ । जसमा हजारौं मानिसहरुमा परीक्षण हुनेछ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot