Logo

थप १८ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३७५ पुग्यो



काठमाडौं, ५ जेठ । थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राति १०ः१५ बजे गरेको अपडेट अनुसार थप १८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३७५ पुगेको छ ।

नयाँ संक्रमितहरुमध्ये दुई जना धनुषाका पुरुषहरु, एक जना खोटाङका पुरुष, बाँके नैरनापुरका १२ जना पुरुषहरु, दैलेखका एक जना पुरुष, सुनसरी निवासी एक जना पुरुष र झापा निवासी एक जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुको हालसम्मको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot