Logo

१८ कोरोना भाइरसका संक्रमित थपिएसँगै कुल संख्या ३७५ पुग्यो



काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसका १८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ १८ संक्रमित बढेको जानकारी दिएको हो ।

संक्रमितहरु धनुषाका २ पुरुष, खोटाङका एक पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, दैलेख, सुनसरी र झापाका एक-एक पुरुष छन् ।

आज एकै दिन ८० संक्रमित थपिएका छन् । सबैभन्दा बढी बाँकेमा ५९ जना संक्रमित थपिएका छन् । बाँके देशमा सबैभन्दा बढी संक्रमित भएको जिल्लामा परिणत भएको छ । यसपछि बढी संक्रमित पर्सा र रौतहटमा देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot