काठमाडौं, ५ जेठ । रोल्पाको आईसोलेशनमा रहेका २२ वर्षीया युवाको निधन भएको छ । उनको आज दिउँसो निधन भएको जनाईएको छ । उनी सानो लिबाङका हुन् । मृत्तक युवा समयदेखि मृगौला रोगबाट ग्रसित थिए । उनलाई हिजो आइतबार राती साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो।
आइसोलेसनमै मृत्यु भएकाले उनमा कोरोना संक्रमण भए नभएको जाँच गरिने भएको छ । तर, अस्पतालमा युवको आरडिटी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । मृत्तक युवाको कोरोनाको पिसिआर परीक्षणको लागि स्वाब लिईएको पनि जनाईएको छ । फाईल तस्विर