Logo

कर्णाली प्रदेशमा पहिलोपटक कोरोनाको संक्रमण देखियो, संक्रमित दैलेखका पुरुष



काठमाडौं, ५ जेठ । कर्णाली प्रदेशमै पहिलोपटक कोरोनाको संक्रमण देखिएको छ । संक्रमित दैलेख जिल्ला आठबिसकोट नगरपालिका १ का पुरुष हुन् । उनको नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार सुर्खेतको वीरेन्द्रनगरमा गरेको परीक्षणमा पोजेटिभ देखिएपछि उनको भेरी अस्पतालमा पुनः परीक्षण गरिएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्