Logo

सरिता गिरीको अभिव्यक्तिप्रति डा. आचार्यको टिप्पणी : ‘देशको पवित्रतामाथि यति सारो मजाक नगरौं’



काठमाडौं, ६ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले कानून, संविधान र देशको अखण्डताविरुद्ध बोल्ने अधिकार कुनैपनि सांसदलाई नहुने बताएका छन् । हिजो (आइतबार) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीले भारत र चीनसँग संवाद नगरी नेपालले नक्सा जारी गर्ने घोषणाले सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठेको भनेर बोलेको भोलिपल्ट डा. आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।

उनले गिरीको नाम उल्लेख नगरी ट्विटरमा यस्तो लेखेका छन्-“कानून, संविधान र देशको अखण्डता बिरूद्ध बोल्ने अधिकार कुनै पनि सांसदलाई हुन सक्दैन । सदन भित्रको वाक् स्वतन्त्रता आफ्नो देशको अपमान र अर्काको देशको गाथा गाउँनका लागि होइन ।अमर्यादित र कानून बिपरितका कृयाकलापमा सभामुखको रूलिङ आउनुपर्ने हो। देशको पवित्रतामाथि यति सारो मजाक नगरौं ।”

सांसद गिरीले के भनेकी थिईन् ?

सांसद गिरीले भनेकी थिईन-‘लिपुलेकको विवाद पनि आएको छ । भारत र चीनसँग संवादविना नै जसरी राष्ट्रपतिको मुखबाट नयाँ नक्सा सार्वजनिक गर्ने कुरा गरियो, त्यसले चाहिँ विदेशनीतिको क्षमतामाथि प्रश्नचिह्न उठाउँछ, एकातिर राष्ट्रपतिले नयाँ नक्सा सार्वजनिक गर्ने बताउने अर्कोतिर परराष्ट्रमन्त्रीले नक्सा सार्वजनिक गर्न संविधान बाधक छ भन्ने । विदेशनीति जुवा होइन । ग्याम्ब्लिङ होइन । यहाँ तपाईं दुई छिमेकीसँग वार्ता गरिरहनुभएको छ । दुई छिमेकीसँग बात गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्