Logo

कोरोना रोकथामका लागि ट्रम्पले यो औषधी खाइरहेको भनेपछि…



एजेन्सी, ६ जेठ । यो हाइड्रोक्सिक्लोरोकिन हो । मलेरियाविरुद्धको यो औषधी केही महिनायता चर्चामा छ । भारतमा सर्वाधिक उत्पादन हुने यसको प्रयोग त्यहाँ पनि भइरेको छ ।

भारतमा कोरोना संक्रमितहरु धेरैलाई बचाउन सकिएकोमा यो औषधी पनि कारण रहेको दाबी गरिएको छ । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै रुचाएका छन् ।

ट्रम्पले हाइड्रोक्सिक्लोरोकिन आफूले पनि प्रयोग गरिरहेको अनुभव सुनाएका छन् । उनले रेष्टुरेन्ट कार्यकारीहरुसँगको बैठकमा आफूले हाइड्रोक्सिक्लोरोकिन दैनिक खाइरहेको बताएको सीएनएनले जनाएको छ । यो निकै प्रभावकारी रहेको अनुभव सुनाउँदै अन्य क्षेत्रबाट पनि सकारात्मक जवाफहरु आइरहेको बताए ।

केही हप्ता देखि यसको प्रयोग गर्दै आएको ट्रम्पको दाबी छ । उनले भारतसँग पनि यसको नियमित निर्यातको व्यवस्था गरिसकेका छन् ।
तर, सीएनएनका अनुसार हाइड्रोक्सिक्लोरोकिन कोभिड १९ को औषधीमा प्रयोग हुननसक्दैन भनी एउटा अध्ययनले देखाएको छ । उक्त अध्ययनले यसले उल्टै मुटुको समस्या आउन सक्ने जनाएको छ । जर्नल अफ मेडिकल एशोशिएसनमा यसको क्रिया र प्रतिक्रियाबारे उल्लेख छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot