Logo

२० को दशकदेखि नै कालापानीमा राज्यको उपस्थिती



काठमाडौं, जेठ ६ । २० को दशकदेखि नै दार्चुलाको उत्तरी कालापानी क्षेत्रमा राज्यको उपस्थिती रहेको पाइएको छ ।सीमासम्बन्धी अनुसन्धानकर्ता एवं पूर्वसचिव डा द्वारिकानाथ ढुंगेलले ५५–५६ वर्ष अघिदेखि दार्चुलाको व्यास क्षेत्रमा सुरक्षा उपस्थिती रहँदै आएको बताए ।

उनले २०२९ माघ ११ मा चौकी इन्चार्ज प्रहरी नायब निरीक्षकले तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई जाहेर गरेको तथ्यसमेत जिल्ला प्रशासन कार्यालयमा आफूले पाएको बताए ।

छाङ्रु र तिंकरबाट संकटकालका बेला सीमा प्रशासन कार्यालय, सीमा प्रहरी कार्यालय, प्रहरी चौकी, छोटी भन्सार विस्थापित भएका आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्