Logo

बोल्दा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्यमा समस्या छ धेरैबेर उठ्न सक्दिन भनेपछि… (तस्बिरसहित)



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दा बोल्दै आफू धेरै बेर उभिन नसक्ने बताए । उनले भने, ‘सभामुख महोदय मलाई स्वास्थ्यका कारणले धेरैबेर उभिन कठिन हुन्छ ।’ उनले आफूलाई बस्ने व्यवस्था गर्न भने ।

नीति तथा कार्यक्रमबारे संसदमा उठेको प्रश्नको उत्तर दिने क्रममा ओलीले बसेर बोल्न भनेपछि सभामुख अग्नि प्रसाद सापकोटोले तलबाट बसेर बोल्न हुन्छ भन्दा ओलीले सबै देखिदैन भने । उनले अग्लो कुर्सी ल्याउन आग्रह गरे । त्यसपछि सभामुखले निर्देशन दिएर अग्लो कुर्सीको व्यवस्था गरे ।

ओलीले धेरैबेर उठ्न नसक्नुको कारण समेत खुलाए । उनले भने, अप्रेशनका कारण खुट्टामा समस्या छ धेरै बेर उठ्न सकिदैन ।
ओलीको दुईपटक मृगौला प्रत्यारोपण भइसकेको छ । दोस्रोपटक ३ महिना अघि प्रत्यारोपण भएको थियो ।



प्रतिक्रिया दिनुहोस्