Logo

कुनै देशले सरकार ढाल्ने कल्पना नगरे हुन्छ- प्रधानमन्त्री ओली



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशको इच्छाले सरकार ढल्ने र ढलाउने कल्पना नगर्न भनेका छन् । आज संसदमा बोल्दै उनले सरकार नेपाली जनताले बनाएकाले कुनै देश विशेषले ढाल्न नसक्ने बताएका हुन् ।

‘यो सरकार जनादेशबाट आएको हो,’ प्रधानमन्त्री ओलीले संसदमा नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिदै भने, ‘कुनै देशको इच्छाले यो सरकार ढल्ने र ढाल्ने कल्पना नगरे हुन्छ ।’

उनले यो सरकार कसैले नबचाइदिएको समेत बताए । चिनियाँ राजदूतको सक्रियताले सरकार ढल्नबाट जोगिएको विषय उठिरहँदा उनले भने, सरकार जानै लागेको थियो फलानो देशको राजदूतले अड्याइदियो भन्ने सुनेको छु । निम्सरा बचनहरु कुनैपनि देशले नबोलिदिए राम्रो हुन्छ ।

भारतीय सेनापति एम एम नरभानेको कालापानीबारे आएको अभिव्यक्तितर्फ संकेत गर्दै उनले त्यस्तो नबोल्न चेतावनी दिए । कालापानीमा २०१८ सालसम्म जनगणना भएको र तीरो तिरिएको रेकर्ड रहेको बताए । २०३२ सालमा नेपालीलाई त्यहाँ जानबाट रोकिएको बताए ।

भारततर्फ संकेत गर्दै उनले उत्तरतर्फको चेकपोष्टमा सेना राखेको भन्दै आलोचना गरे । उनले भने, ‘उत्तरी चेकपोष्टमा लगेर एकातर्फको सेना अर्कोतर्फको सेनाको तर्फमा लाने भएको छ ।’ १७ वटा चेकपोष्ट उत्तरतर्फ लगिएको उनले बताए । देशको स्वाधिनताको महशुश गर्न नसक्ने खालको स्थिति हुनुहुँदैन भन्दै लम्पसारवादको बाटो नसमाउन चेतावनी दिए ।

ओलीले विगतमा मन्त्रिपरिषदको बैठकमा अर्को देशको राजदूत राखिएको विषय समेत स्मरण गराए । उनले भने, ‘मन्त्रिपरिषदको बैठकमा अर्को देशको राजदूत राख्ने शोभनीय हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot