Logo

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५, मृत्यु हुनेको संख्या २



काठमाडौँ ६ जेठ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या तीन सय ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले ताजा सूचना जारी गरे अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

त्यसैगरी कोरोना संक्रमणको उपचारपछि ३६ जना सकुसल घर फर्केका छन्। नेपालको बाँके क्षेत्र अत्यधिक जोखिममा रहेको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन समेत लम्ब्याएको छ।

निरन्तर उकालो लागिरहेको कोरोना संक्रमणले नेपालीवासीमा त्रास सिर्जना गरेको छ। नेपालभर चार सय १३ जना आइसोलेसनमा रहेका छन् भए बीस हजार ९० जना क्वारेन्टाइन मा रहेका छन् । File photo



प्रतिक्रिया दिनुहोस्