Logo

कालापानी, लिम्पियाधुरा, र कालापानी भारतले हडपेकाले फिर्ता लिने अठोट गर्छौं- प्रधानमन्त्री ओली



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतबाट फिर्ता लिएरै छाड्ने अठोट गरेका छन् । उनले आज संसदमा बोल्दै उक्त भुमी नेपालको भएकाले फिर्ता लिएरै छाड्ने अठोट गरेका हुन् ।

‘लिम्पियाधुरा, लिपुलेक कालापानी भारतले अकुपाई गरेकाले फिर्ता लिने अठोट गर्छौं,’ ओलीले भने, ‘यसको निष्कर्ष निकालिन्छ ।’ उनले उक्त भुमी विवादास्पद नभई नेपालकै भएको बताए । भारतले नेपाली भुमी हडपेर विवाद बनाएको उनको भनाई थियो । देशको भुभाग फिर्ता ल्याउनकै लागि नयाँ नक्शा पारित गरिएको बताए । यसलाई केही दिनमै सार्वजनिक गरिने समेत बताए ।

नेपालको भुमी भएकाले कालापानीका सवालमा कोही रिसाउने भन्ने नभएको बताए । यसमा अर्गेलाईँ गर्नुपर्दैन भन्दै यो विषयलाई अब सेलाउन नदिने बताए । कालापानीको विषय कुटनीतिक वार्ताबाट पहल गरिने बताए । उनले भने, ‘भु-भाग फिर्ता ल्याइने अठोटका साथ काम गर्छौं ।’

कालापानी देखि लिपुलेकसम्म २०१८ सालसम्म जनगणना समेत भएको र तिरो समेत तिर्ने कार्य भएको उल्लेख गर्दै २०३२ सालमा जान नदिएको सुनाए । भारतको आलोचना गर्दै उत्तरतर्फ १७ वटा चेकपोष्ट नेपाली भुमीमा राखेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot