Logo

एमसीसी संसदबाट पारित गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्नुपर्नेमा जोड दिएका छन् । आज संसदमा बोल्दै उनले एमसीसी पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘एमसीसीको सम्झौता विगत सरकारले गरेको हो, अलपत्र पार्न पाइँदैन,’ ओलीले भने, ‘सम्झौताको पालना गरेन भने कुटनीतिक विश्वसनीयतामाथि प्रश्न उठ्छ । ‘सम्झौताको पालना नहुँदा देशको सरकारसँग कसरी सम्झौता गर्ने ? भन्ने प्रश्न उठ्न सक्ने बताए ।

एमसीसी राष्ट्रिय हितमा रहेको भन्दै यसलाई अलपत्र पार्न नपाइने बताए । संसदले एमसीसीबारे निर्णय गर्नसक्ने उनको भनाई थियो । उनले भने, सभामुखको टेबुलमा आइसकेको छ, निर्णय संसदले गर्न सक्छ ।

एमसीसीबारे सत्तारुढ दल नेकपाभित्रै विवाद भइरहँदा प्रधानमन्त्री ओलीको पछिल्लो भनाई आएको हो । नेकपाभित्र एमसीसी संशोधनविना पारित गर्न नहुने विषय आएको छ ।



प्रतिक्रिया दिनुहोस्