Logo

भारतलाई सोध्छु ‘सत्यमेव जयते कि सिंह जयते ?’ – प्रधानमन्त्री ओली



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिकचिन्हबारे उल्लेख गरेका छन् । आज संसदमा बोल्दै उनले सम्राट अशोकले बनाएको चारमुखे सिंहलाई भारतले प्रतिकचिन्ह बनाएको र यसको मुनी सत्यमेव जयते लेखिएको उल्लेख गरे ।

ओलीले अब भारतसँग त्यही प्रतिक चिन्हमुनी लेखिएको प्रसंग देखाउने बताउँदै भने, अब सत्यमेव जयते कि सिंह जयते म भारतलाई सोध्छु ।

कालापनी, लिम्पियाधुरा र लिपुलेक फिर्ता गर्ने बताउँदै प्रधानमन्त्री ओलीले कुटनीतिक तहमा वार्ता गरी समस्याको समाधान निकालिने बताए । उनले वार्तामा आफूले भारतले सत्य तथ्यलाई स्वीकार गर्न भन्ने समेत बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot