Logo

देशभित्रै लाखौंको रोजगारी गुम्यो



काठमाडौं, ६ जेठ । कोरोना भाइरसका रोकथामका कारण देशमा लकडाउन दुई महिना हुँदैछ । यसबीच अर्थतन्त्रमा ठुलो संकट आएको छ । देशभित्र धेरै क्षेत्रका नेपालीहरुले रोजगारी गुमाएका छन् ।

सबैभन्दा ठुलो धक्का होटल तथा रेष्टुँरा व्यवसायमा परेको छ । लकडाउनले मानिसहरुको आवतजावत नै बन्द हुँदा होटलहरु बन्द छन् । लाखौं मानिसले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रमा धक्का परेको छ ।

राजधानीभित्रका पाँचतारे होटलले समेत कर्मचारीलाई बेतलबी या केही प्रतिशत तलबमा बिदामा बस्न लगाएका छन् । कतिपयले कर्मचारी कटौती गरेको विषय बाहिर आएको छ ।

यातायात क्षेत्रमा पनि लाखौंको रोजगारी गुमेको छ । सार्वजनिक यातायातहरु ठप्प छन् । गाडी चलाएर जिविकोपार्जन गर्नेहरु अहिले ठुलो समस्यामा परेका छन् । यातायात व्यवसायीहरु ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् । कतिपयले मर्नु न बाँच्नुको अवस्था बनिसकेको सुनाएका छन् ।

बैंकहरुले पनि कर्मचारी कटौती गरेका छन् । कतिपयले बेतलबी बिदामा राखिसकेका छन् । यसरी बेतलबी बिदामा राख्नेहरुमा पर्यटन, होटल देखि बैंकहरु समेत छन् । नेपालमा बढी संख्यालाई रोजगार दिने ठुलो उद्दोगी व्यवसायीहरु पनि कर्मचारी कटौती देखि बेतलबी बिदामा राख्न थालिसकेका छन् ।

पत्रपत्रिकाहरुले पनि पत्रकार देखि अन्य कर्मचारीको संख्या कटौती गर्न थालेका छन् । कतिपयले बेतलबी बिदामा बस्न लगाएका छन् ।
उत्पादनका क्षेत्रमा पनि संकट आएको छ । विभिन्न उद्दोग व्यवसाय बन्द छन् । उनीहरुले पनि तलब दिन नसक्ने भन्दै बिदामा बस्न लगाएका छन् । यसरी नेपालमा लाखौंले रोजगार गुमाइसकेको अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्