Logo

अफगानिस्तानका लागि रुस, चीन, पाकिस्तान र इरानका विशेषदूतबीच वार्ता



६ जेठ। अफगानिस्तानका लागि विभिन्न चार देशका विशेषदूतबीच मङ्गलबार वार्ता भएको बताइएको छ । रुस, चीन, पाकिस्तान र इरानका अफगानिस्तानका लागि विशेषदूतबीच मङ्गलबार सो वार्ता भएको बताइएको छ । त्यस वार्ताका क्रममा उहाँहरुले अफगानिस्तानमा हालै भएको शक्ति अर्थात् अधिकार बाँडफाँटले त्यहाँको राजनीतिक समस्या समाधान गर्ने आशा गरिएको बताउनु भएको छ ।

अफगानिस्तानका लागि रुसी विशेषदूतको सक्रियतामा रुसको राजधानी मस्कोमा भएको भिडियो कन्फ्रेन्सिङका क्रममा उहाँहरुबीच सो कुराकानी भएको बताइएको हो । यस क्रममा अफगानिस्तानमा हालै सम्पन्न उक्त अधिकार प्रत्यायोजनसम्बन्धी सहमतिले देशमा राजनीतिक संकट बढ्न नदिने अपेक्षा गरिएको बताउनुभएको थियो ।

अफगानिस्तानका राष्ट्रपति असरफ घनी र अफगनानिस्तानमा उहाँका प्रतिद्वन्दी अब्दुल्लाह अब्दुल्लाहबीच पछिल्लो समयमा शक्तिको बाँडफाँट भएको थियो । अफगानिस्तानको राजनीतिक गतिरोध हटाउने गरी दुवै जनाले शक्तिको बाँडफाँट गर्नु राम्रो भएको धारणा उहाँहरुले राख्नुभएको थियो ।

अफगानिस्तानमा हालै सम्पन्न निर्वाचनपछि राष्टपति घनी र अब्दुल्लाहबीच शक्तिसंघर्ष चर्किएको थियो । त्यस शक्तिसंघर्षका बाबजुद उहाँहरुबीच हालैमात्र अधिकारको बाँडफाँट भएको थियो । जसअनुरुप डा.अब्दुल्लाह राष्ट्रिय मेलमिलापसम्बन्धी उच्चस्तरीय समितिको अध्यक्षका रुपमा रहनुभएको छ । रासस File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot