Logo

हामी भारतसँग तनाव होईन, मित्रता चाहन्छौं : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले भारतसँग मित्रता चाहेको स्पष्ट पारेका छन् । संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने-“यो मित्रता अत्यन्तै सुदृढ र सुमधुर छ । भारतसँग हाम्रो सम्बन्ध अनेक पक्षबाट बाँधिएको छ । यस्तो मित्रतामा कुने पनि कुराले दरार पैदा गर्नुहुँदैन् । पारस्परिक न्याय, समानता, भौगोलिक अखण्डता, स्वाधिनतालाई स्विकारेर अम्बल गरेर हामीले सुदृढ गर्नुपर्छ यो मित्रता । हामी भारतसँग कुनै तनाव चाहिरहेका छैनौं । तनाव होईन, सुमधुर मित्रता चाहन्छौं ।”

भारतसँगको मित्रतालाई सुदृढ बनाउनको लागि र २१औं शताव्दी सुहाउँदो, लाभका आधारमा सम्बन्ध विकसित गराउन चाहेको उनले बताए । उनले भने-“कृपया हाम्रो भूमि फिर्ता गर्नुहोस् । दिल खोलेर मित्रता गर्ने खालको परिस्थिति निर्माण गरौं । यो धेरै सजिलो होईन । तर, यो धेरै असहजिलो पनि होईन । सत्यमेव जयते ।”



प्रतिक्रिया दिनुहोस्