Logo

सीमा विवादबारे चीनसगँपनि कुरा गरेका छौं, पत्राचार भएको छ : प्रधानमन्त्री ओली



काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे नेपाल सरकारले चिनियाँ सरकारी प्रतिनिधिहरुसँगपनि कुरा गरेको स्पष्ट पारेका छन् । मंगलबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने-“हाम्रो सरकारी प्रतिनिधिले चीन सरकारका अधिकारीसँग कुरा गर्नुभएको छ । चीन सरकारका अधिकारीहरुले परम्परागत हिसाबले, मात्रै कुरा गरिएको हो । सीमा सम्बन्धी, त्रिपक्षीय कुरामा कुनै असर गर्दैन् । यस कुरामा भारतले नेपालसँगपनि कुरा गर्नुपर्छ । सीमासम्बन्धी सम्बन्ध छैन भनेर स्पष्ट पारेको छ । हामी सबैतिर, कुनै देशप्रतिको आग्रह वा पूर्वाग्रह राखेर होइन । हाम्रो देशतिरको हित हेरेर पत्राचार गरेका छौं । आवश्यक सबैतिर कुरा गरेका छौं ।”



प्रतिक्रिया दिनुहोस्